परिचय

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत यस सामाजिक विकास कार्यालय रहेको छ । यस कार्यालय २०७५ सालमा स्थापना भई साविकमा सार्वजनिक निर्माण कार्यान्वयन इकाई, काभ्रेपलाञ्चोक रहेको थियो थियो। यस कार्यालयको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप पर्दछ। यस कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर अभिवृद्धि, सीप विकास तालिम तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतका लक्षित तर्कहरुसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दछ।